धनगढीमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने परियोजना अगाडी बढाईदैं
धनगढीमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने परियोजना अगाडी वढाईएको छ । धनगढीमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउनका लागि लगानी बोर्डले सम्भाव्यता अध्ययनसँगै लगानीकर्ताहरुका लागि आश्वान गर्ने तयारी गरेको हो । लगानी बोर्डले आगामी चैतमा गर्न लागेको लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजनाहरुमा सुदुरपश्चिम प्रदेशमा विमानस्थलसँगै खप्तड बडिमालिका रामारोशन क्षेत्रमा केबलकारको योजना पनि तयार पारिरहेको छ । त्यसैगरी एउटा विद्युत उत्पादनको परियोजना पनि लगानी सम्मेलनमा प्रस्तुत गर्नका लागि परियोजना बनाउने काम अगाडी बढिरहेको छ ।
लगानी बोर्डले धनगढीमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउनको लागि प्रस्ताव अगाडी बढाएको छ । योसँग सम्बन्धित प्रक्रिया नागरिक तथा उड्यन मन्त्रालयले बनाउने छ । लगानी बोर्डले चैतमा गर्न लागेको लगानी सम्मेलनमा धनगढीमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने एउटा परियोजनाको रुपमा अगाडी सार्ने छ । लगानीकर्ताले नेपालमा लगानी गर्नको लागि आयोजना माग गरेका छन् सो अनुसार धनगढीमा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल बनाउनको लागि लगानीकर्तालाई परियोजनाको रुपमा प्रस्तुत गरिने लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारीले जानकारी दिए ।
धनगढीमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्ययन समेत गरेको छ । दुई साता अगाडी लगानी बोर्डले यसक्षेत्रमा एक टोली पठाएर त्यसको सम्भावनाको बारेमा सम्भाव्यता अध्ययन गराएको हो । विभिन्न दृष्टिकोणबाट लगानीकर्ताहरु विश्वस्त हुने गरी क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउनका लागि लगानी बोर्डले काम गरिरहेको छ । कैलाली उद्योगा वाणिज्य संघले सुदुरपश्चिम महोत्वको उद्घाटनका दिन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई वुझाएको सात बुँदे मागपत्रमा समेत धनगढी विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रुमा अगाडी बढाउन माग गरेको अवस्थामा लगानी बोर्डले पनि त्यसका लागि प्रस्ताव गरेको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए ।
लगानीकर्ताले प्रोजेक्ट माग गर्दा एउटा प्रोजेक्टको रुपमा धनगढीमा अन्तराष्ट्रिय विमानस्थल समेत राखिने भएको लगानी बोर्डले जनाएको छ । योसँगै सुदुरपश्चिम प्रदेशका केही पर्यटनका परियोजनाहरु पनि लगानीकर्ताहरुकलाई प्रस्ताव गर्ने तयारी भईरहेको छ भने एउटा उर्जाको परियोजना पनि समावेश गरिएको छ । रामारोशनमा केबलकार सञ्चालन तथा अछामममा विद्युत उत्पादनका परियोजनाल पनि प्रस्ताव गर्ने तयारीमा रहेको लगानी बोर्डका सिईओ अधिकारीले बताए । पर्यटकीय दृष्टिकोणले अथाह सम्भावना बोकेको सुदुरपश्चिम प्रदेशका यी सम्भावनाहरुको विषयमा पनि परियोजना बनाईएका छन् । खप्तड बडिमालिका लगायतका क्षेत्रका लागि परियोजना प्रस्ताव गरेर लगानीकर्ताहरुलाई अवगत गराउने लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले बताए ।