सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको कुन पालिकामा को–को बने उम्मेदवार ? 

२०७९ वैशाख १३, १०:५० खबर संवाददाता

डडेल्धुराः  स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा सबै पालिकामा उम्मेदवारी दर्ता भएको छ। जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तहमा जनप्रतिनिधिका लागि विभिन्न व्यक्तिले उम्मेदवारी दर्ता गराएका हुन्।

जसअनुसार अमरगढी नगरपालिका डडेल्धुराको नगर प्रमुखका लागि कांग्रेसबाट डिल्लीराज जोशीले र उपप्रमुखमा पार्वती झुकालले उम्मेदवारी दर्ता गराएका छन्। दुवैजना पुनः दोहोरिएका हुन्।  नेकपा एमाले र नेपाली कांग्रेस बिपी गठबन्धनबाट प्रमुखमा कांग्रेस बिपीका हरिप्रसाद भट्ट र उपप्रमुखमा एमालेका यज्ञराज अवस्थीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा पंगेनीले जानकारी दिए।

यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रमुखमा लक्ष्मण सिंह र उपप्रमुखमा शशी अवस्थी, नेकपा (एकीकृत समाजवादी) बाट प्रमुखमा संगिता भण्डारी र उपप्रमुखमा भुवन पाठक, राप्रपाबाट गोविन्द खडायत प्रमुखमा र उपप्रमुखमा कविता जोशीले मनोनयन दर्ता गराएका छन्। राष्ट्रिय जनमोर्चाबाट अमरगढीको मेयरमा पवन विष्टले मनोनयन दर्ता गराएका छन्।

उता  परशुराम नगरपालिकाको नगरप्रमुख पदका लागि नेपाली कांग्रेसबाट भरत बडायर जोशी र उपप्रमुखमा कलावती बोहराको उम्मेदवारी परेको छ। नेकपा माओवादी केन्द्रबाट प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा विमला महताले मनोनयद दर्ता गराएकी छिन्। यस्तै परशुराममा नेकपा एमालेबाट प्रमुखमा केशव बोहरा र उपप्रमुखमा गौमती पन्तले मनोनयन दर्ता गराएको छ। एकिकृत सामाजवादीबाट भने परशुरामको नगरप्रमुखमा लालबहादुर दमाइ र उपप्रमुखमा कमला धामीले मनोनयद दर्ता गराएका छन्।

राष्ट्रिय जनमोर्चाबाट रघुवीर विकको उम्मेदावरी परेको छ। यस्तै, राष्ट्रिय जनमोर्चा समवन्य समितिबाट मेयरमा लालबहादुर जाग्री र उपमेयरमा नेकपा विप्लव समूहबाट पूर्णिमा धामीले उम्मेदवारी दिएकी छन्। दुवै पार्टीले त्यहाँ वडासम्म तालमेल गरेका छन्।

अजयमेरु गाउँपालिकामा भने नेपाली कांग्रेसबाट अध्यक्षमा टेकराज पाण्डेय, उपाध्यक्ष बसन्ती पाल तथा नेकपा एमालेबाट अध्यक्षमा पदम पाल, उपाध्यक्षमा नेपाली कांग्रेस बिपीबाट रामचन्द्र ऐरले मनोनयन दर्ता गराएका छन्। नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उमेशप्रसाद भट्ट ‘विकास’ र उपाध्यक्षमा कलावती भाडले उम्मेदवारी दिएका छन्। दुवै फेरि चुनाव लड्ने भएका हुन्। राष्ट्रिय जनमोर्चाबाट अजयमेरुको अध्यक्षमा हरिष विकको उम्मेदवारी परेको छ।
यस्तै नवदुर्गा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला बिष्टले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस बिपीबाट अध्यक्ष गोकुल शाही र उपाध्यक्षमा नेकपा एमालेबाट वीरबहादुर बिष्टले दिएका छन्।

नेकपा एकिकृत समाजवादीबाट अध्यक्षमा कविन्द्रबहादुर बिष्ट र उपाध्यक्षमा चन्द्रा रुपालीले उम्मेदवारी दिएका छन्। यसअघिको चुनावमा बिष्टले एमालेबाट अध्यक्ष जितेका थिए।  नेकपा माओवादी केन्द्रबाट नवदुर्गाको अध्यक्षका लागि धर्म विक र बिस्ना बोहराको उम्मेदवारी परेको छ। राष्ट्रिय जनमोर्चाबाट नवदुर्गाको अध्यक्षमा हेमराज भट्टले उम्मेदवारी दिएका छन्।

त्यसैगरी आलिताल गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट बलबहादुर गुरुङ र उपाध्यक्षमा जला बोगटीको उम्मेदवारी दर्ता भएको छ। कांग्रेसले फेरि अध्यक्षमा गुरुङ र उपाध्यक्षमा बोगटीलाई टिकट दिएको हो।
नेकपा माओवादी केन्द्रबाट आलितालको अध्यक्षका लागि शेरसिंह पार्की र उपाध्यक्षमा मन्जु रावलको उम्मेदवारी परेको छ। नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा तुलाराम बोहरा र उपाध्यक्षमा लक्ष्मी धामी, नेकपा एमालेबाट अध्यक्षमा मीन बोगटी र उपाध्यक्षमा शान्ति भट्ट जोशीले मनोनय दर्ता गराएका छन्। स्वतन्त्रबाट टेकबहादुर खड्काले मनोनयन दर्ता निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुरामा नेपाली कांग्रेसबाट अध्यक्षमा इन्द्र कार्की र उपाध्यक्ष ज्ञानु सेटीको उम्मेदवारी परेको छ। नेकपा एकीकृत समाजवादी अध्यक्षमा नरबहादुर बिष्ट र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्ल, नेपाली कांग्रेस बिपीबाट अध्यक्षमा सुरेन्द्र माली र नेकपा एमालेबाट उपाध्यक्षमा इन्द्र महराले मनोनयन दर्ता गराएका छन्। राष्ट्रिय जनमोर्चाबाट गन्यापधुरा गाउँपालिका अध्यक्षमा टंक अवस्थीले उम्मेदवारी दिएका छन्।

उता  भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा हेमराज चटौत र उपाध्यक्षमा पुष्पा ठकुराठीको उम्मेदवारी परेको छ। यस्तै, नेकपा एमालेबाट रामबहादुर शाही र उपाध्यक्ष नेपाली कांग्रेस बिपीबाट नरबहादुर ठकुराठीले उम्मेदवारी दिएका छन्।

नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा विष्णु पाण्डेय, उपाध्यक्षमा गीता भट्ट र स्वतन्त्रबाट विष्णुबहादुर ठकुराठीले मनोनयन दर्ता निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस