बैतडीको दशरथचन्द-१ को वडाध्यक्षमा कांग्रेसबाट भट्टले गरे मनोनयन दर्ता
धनगढी : बैतडीको दशरथचन्द नगरपालिका-१ बाट वडा अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता भुवन भट्टले मनोनयन दर्ता गरेका छन्। उनले वडाको समग्र विकासका लागि युवा नेतृत्वको आवश्यकता रहेकाले मनोनयन दर्ता गराएको बताएका छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा भट्ट वडा अध्यक्षमा निर्वाचित भएका थिए। उनले विगतका आफ्ना कमीकमजोरी सुधार्दै अधुरा रहेका कार्यलाई पूर्णता दिने उद्देश्यले पुनः उम्मेदवारी दिएको बताए। भट्ट नेपाली कांग्रेस दशरथचन्दका नगर सभापति हुन्।