बैतडीको सिगासमा माओवादीले दियो पार्टी प्रवेश गरेको एक मिनेटमै उपाध्यक्षको टिकट
२०७९ वैशाख १२, ०६:५२
धनगढीः बैतडीको सिगास गाउँपालिकामा माओवादी केन्द्रले पार्टी प्रवेश गर्ने बित्तिकै पालिका उपाध्यक्षको टिकट दिएको छ। नेकपा एमालेबाट टिकट नपाएपछि रुष्ट बनेकी लक्ष्मी चन्दलाई माओवादीले टिकट दिएको हो। चन्दले आजै माओवादी प्रवेश गरेर उपाध्यक्ष पदमा मनोनयन गराएकी छन्।
चन्द एमालेको बैतडी जिल्ला कमिटी सदस्य थिइन्। माओवादीले उम्मेदवार नपाएपछि उनलाई टिकट दिइएको बताइएको छ।
कमेन्ट लोड गर्नुस