सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुर्नयामा माओवादीकी स्वेताको टिकट खोसियो, दिलारामले पाए 

२०७९ वैशाख १२, ०५:०२ खबर संवाददाता

धनगढीः बैतडीको सुर्नया गाउँपालिकामा उपाध्यक्षकी उम्मेदवार बनेकी स्वेता भट्टको टिकट खोसिएको छ। यसअघि नेकपा (माओवादी केन्द्र) बाट स्वेतालाई उपाध्यक्षको टिकट दिइएको थियो। तर, आज मनोनयनको दिन भने उनलाई हटाएर दिलाराम भट्टलाई अघि सारिएको छ। माओवादी सुर्नयाले स्वेताको ठाउँमा दिलारामलाई उठाइएको जनाउको छ। 

सुर्नयामा माओवादी र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका छन्। जसअनुसार अध्यक्ष समाजवादी र उपाध्यक्ष माओवादीको भागमा परेको थियो। दिलाराम माओवदी केन्द्रका नेता तथा वडा नं ३ का निवर्तमान वडाध्यक्ष समेत हुन्। उनले आजै मनोनयन दर्ता समेत गरिसकेका छन्। यस्तै सामजवादीबाट अध्यक्षका उम्मेदवार नरेन्द्र बिष्टले पनि मनोनयन दर्ता गरेका छन्।

कमेन्ट लोड गर्नुस