सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा माओवादीले टुंग्यायो पालिकाका उम्मेदवार, अजयमेरुमा समाजवादीले सघाउने 

२०७९ वैशाख १२, १०:१७ खबर संवाददाता

डडेल्धुरा: नेकपा माओवादी केन्द्र डडेल्धुराले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। माओवादी केन्द्रले आइतबार २ नगरपालिका र ५ गाउँपालिका गरी ७ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेवारी चयन टुंग्याएको हो।

माओवादीले परशुराम नगरपालिकाको प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा विमला महतालाई उम्मेदवार बनाएको छ। आलिताल गाउँपालिका अध्यक्ष पदका लागि शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी बोहरा रावललाई उम्मेदवार बनाएको छ। यस्तै भागेश्वर गाउँपालिका अध्यक्षको उम्मेदवार विष्णुप्रसाद पाण्डेय र उपाध्यक्षमा गीता भट्टलाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला संयोजक उमेशप्रसाद भट्ट ‘विकास’ ले जानकारी दिए।

उनका अनुसार जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाको मेयरमा लक्ष्मण सिंह र उपमेयरमा शशी अवस्थीलाई उम्मेदवार बनाइएको छ। अजमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार माओवादीले पहिलेकै दोहोर्‍याएको छ।

माओवादी केन्द्रले अध्यक्षमा उमेशप्रसाद भट्ट ‘विकास’ र उपाध्यक्षमा कलावती भाडलाई पुनः उम्मेदवार बनाएको छ। उनीहरुलाई नेकपा एकीकृत समाजवादीले सघाउने भएको छ। अजयमेरु गाउँपालिकामा चुनावी तालमेल गर्ने सहमति भएको नेकपा (एस) डडेल्धुराका प्रचारप्रचार विभाग संयोजक सुरेन्द्र मल्लले बताए।  

माओवादीले नवदुर्गा गाउँपलिकाको अध्यक्ष पदका लागि धर्मदेव विक र उपाध्यक्षमा बिष्ना बोहरा तथा गन्यापधुरा गाउँपालिका उपाध्यक्षमा चन्द्रबहादुर मल्ललाई उम्मेदवार बनाएको छ। त्यहाँ अध्यक्षको उम्मेदवार भने माओवादीले टुंग्याएको छैन।

 

कमेन्ट लोड गर्नुस