सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको २ महिना पूरा, हजारौँको ज्यान गयो

२०७९ वैशाख ११, ०७:४७ खबर संवाददाता

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको दुई महिना पूरा भएको छ। गएको फेब्रुअरी २४ देखि सुरु भएको आक्रमण आज आइतवार (अप्रिल २४) देखि तेस्रो महिनामा प्रवेश गरे पनि तत्काल युद्ध रोकिने वातावरण देखिएको छैन। 

रुस र युक्रेनका अधिकारीबीच पटक–पटक वार्ता भए पनि सफलता प्राप्त भएको छैन। रुसको आक्रमणका कारण भएको क्षतिको यकिन विवरण प्राप्त नभए पनि हजारौँको ज्यान गएको, लाखौँ विस्थापित भएका र कैयौँ संरचना ध्वस्त भएका बीबीसीले जनाएको छ। रुसले युक्रेनको मरिओपोल सहरमा एउटा स्टिल कारखानाबाहेक सबै क्षेत्र कब्जा गरेको छ। 

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रक्षामन्त्री लोइड अस्टिनले आज युक्रेनको राजधानी किएभको भ्रमण गर्दै छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पत्रकार सम्मेलन गरेर अमेरिकी अधिकारीको भ्रमणबारे जानकारी गराउँदै उनीहरू सहयोग लिएर आउने अपेक्षा राखेको बताउनुभएको बीबीसीले जनाएको छ।

युक्रेन र रुसबीच द्वन्द्व सुरु भएपछि युक्रेनको भ्रमण गर्न लागेका उनीहरू सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्। 
 

कमेन्ट लोड गर्नुस