सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको परशुरामका ४ वडाअध्यक्षले दिए राजीनामा

२०७९ वैशाख ११, ११:३१ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकाका ४ जना वडाअध्यक्षले पदबाट राजीनामा दिएका छन्। नगरपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष केशवबहादुर बोहरा, वडा नं ६ का अध्यक्ष खगेन्द्रबहादुर सिंह, ३ का अध्यक्ष डम्बरबहादुर चन्द र ८ का अध्यक्ष गोबिन्द सिंह बोहराले राजीनामा दिएका हुन्।

उनीहरुको राजीनामा परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले स्वीकृत गरेका छन्। यस पटकको स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवारी दिने भन्दै उनीहरुले राजीनामा बुझाएका हुन्।  उनीहरु चारैजनाले आफूले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल समेत नगरपालिकालाई फिर्ता गरेको छन्।  

कमेन्ट लोड गर्नुस