डडेल्धुराको अजयमेरुमा अध्यक्षका लागि कांग्रेसबाट पाण्डे सिफारिस
डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट टेकराज पाण्डेको नाम सिफारिस भएको छ। आसन्न स्थानीय तहको निर्वाचनका लागि गाउँपालिकाको अध्यक्ष पदमा पाण्डेको नाम सिफारिस भएको हो।
पार्टीले गाउँपालिकाको अध्यक्षका लागि आफ्नो नाम सिफारिस गरेको पाण्डेले बताए। तर जिल्ला कमिटीबाट भने निर्णय हुन बाँकी छ।
यस्तै डडेल्धुराकै नवदुर्गा गाउँपालिका अध्यक्षका लागि पनि नेपाली कांग्रेसबाट लक्ष्मी अवस्थीको नाम सिफारिस भएको छ।