बैतडीको सिगासमा एमालेबाट बोहरा बने अध्यक्षको उम्मेदवार
बैतडीः बैतडीको सिगास गाउँपालिकामा नेकपा एमालेले पालिका प्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छ। शुक्रबार पालिका कमिटीले पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुको टुंगो लगाएर माथिल्लो कमिटीमा सिफारिस गरेको हो।
एमाले सिगासले अध्यक्षमा जस्वीर बोहराको नाम सर्वसम्मत सिफारिस गरिएको जनाएको छ। बोहरा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुन्। यस्तै पालिका उपाध्यक्षमा धना धामी र लक्ष्मी चन्दको नाम सिफारिस गरिएको बताइएको छ। यस्तै ९ वडा रहेको सिगासका ३ वडामा एमालेले वडाध्यक्षका उम्मेदवारको टुंगो लगाएको छ। वडा नम्बर १ मा गगनसिंह धामी, २ मा ठगेन्द्रसिंह एेर र ५ मा राजेन्द्र चन्द उम्मेदवार बन्ने भएका छन्। यस्तै अन्य वडामा भोलिसम्ममा टुंगो लाग्ने जनाइएको छ।
२०७४ को निर्वाचनमा सिगासमा एमालेले हार व्यहोरेको थियो। गत निर्वाचनमा सिगासमा कांग्रेसले पालिका अध्यक्ष र उपाध्यक्ष जितेको थियो। तर, अहिले जनविरोधी गठबन्धन गरिएको भन्दै सिगासमा एमालेले जित्ने अध्यक्षका उम्मेदवार जस्वीर बोहराले बताए।