सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका ६५ वडामा कांग्रेसले छान्यो उम्मेदवार, कहाँ को ? (सूचीसहित)

फाइल फोटो
फाइल फोटो
२०७९ वैशाख ९, ०६:१० खबर संवाददाता

बैतडीः आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले बैतडीका ८४ वडा मध्ये ६५ वडामा उम्मेदवारको टुंगो लगाएको छ। बाँकी रहेका वडाहरुमा गठबन्धन दलहरुसंग तालमेल गर्नुपर्ने भएकाले उम्मेदवार छनौटमा ढिलाई भएको कांग्रेस बैतडीले जनाएको छ। 

पुर्चौंडी नगरपालिकाको वडा नं २, डिलाशैनी गाउँपालिकाको वडा नं ३,४, ५ र ७ , सुर्नया गाउँपालिकाको वडा नं ५, दशरथचन्द नगरपालिकाको वडा नं १, दोगडाकेदार गाउँपालिकाका सबै वडा, पाटन नगरपालिकाको वडा नं ९, सिगास गाउँपालिकाको वडा नं ३, पञ्चेश्वर गाउँपालिकाको वडा नं २ र शिवनाथ गाउँपालिकाको वडा नं ४ मा उम्मेदवारको टुंगो लाग्न बाँकी छ। 

गठबन्धन भएका पालिकाहरुमा गठबन्धन दलहरुसंग छलफल गरेर उम्मेदवारको टुंगो लगाइनेछ। यस्तै अन्य वडाहरुमा पनि भोलिसम्म उम्मेदवारको टुंगो लाग्ने बताइएको छ।

कमेन्ट लोड गर्नुस