बैतडीको पाटनमा समाजवादीले छान्यो एकल उम्मेदवार
बैतडीः बैतडीको पाटन नगरपालिकामा सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलका लागि सहमति नभएपछि नेकपा एकीकृत समाजवादीले उम्मेदवार छानेको छ। दलहरुबीच तालमेलको कुरा नमिलेपछि एकल टिम घोषणा गरेको समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चमन भण्डारीले बताए।
भण्डारी आफैं नगर प्रमुख र द्रोपति जोशी अवस्थी उपप्रमुखको उम्मेदवारमा सिफारिस भएका छन्। यस्तै नगरका १० वटै वडाको टिमसमेत तयार गरेको नगर प्रमुखका उम्मेदवार भण्डारीले बताए। उनले कांग्रेसलाई एक्लै जित्छु भन्ने दम्भ भएकोले चुनावी तालमेल हुन नसकेको बताए। पाटनमा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले विजयी प्राप्त गरेको थियो।