सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको चौरपाटीमा समाजवादीबाट अध्यक्षको लागि पत्रकार कुँवर सिफारिस

२०७९ वैशाख ८, ०२:४४ खबर संवाददाता

धनगढीः अछामको चौरपाटी गाउँपालिकामा एकीकृत समाजवादीबाट पालिका अध्यक्षका लागि पत्रकार तपेन्द्र कुँवर सिफारिस भएका छन्। समाजवादीबाट उम्मेदवार बन्नका लागि कुँवरलाई समाजवादीको पालिका कमिटीले माथिल्लो कमिटीमा सिफारिस गरेको हो। 

समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका सदस्य समेत रहेका कुँवरले २०६४ सालमा दिनेश एफएमबाट पत्रकारिता सुरुवात गरेका थिए। हाल उनी रेडियो जनप्रिय एफएम अछामका कार्यकारी निर्देशक छन्। 
 

कमेन्ट लोड गर्नुस