तामाङ समुदायले नयाँ वर्षको रूपमा सोनाम ल्होछार पर्व मनाए
तामाङ समुदायले आज नयाँ वर्षको रूपमा सोनाम ल्होछार पर्व धूमधामका साथ मनाएका छन्। सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रूपमा मनाउने मौलिक पर्व हो। यो हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाईन्छ।
यो २८५५ औँ सोनाम ल्होछार हो। ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रीय प्रणाली अनुसार गणना गरिने प्राचीन पद्धति हो। घरघरमा पूजापाठ, खानपिन, ठूलाबडाबाट टीका तथा आशीर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामूहिक रूपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन तामाङ समुदायमा रहेको कञ्चनपुरका क्षेत्रबहादुर लामाले बताए। ल्होछारको अवसरमा कञ्चनपुरको पुनरवास क्षेत्रमा विभित कार्यक्रमको आयोजना गरिएका थिए। नेपालका तामाङ सहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात सोनाम ल्होछार मनाउने गरेका छन्।
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात नयाँ वर्ष पर्व मंगलबार विविध कार्यक्रम आयोजना गरी मनईएको छ।। मञ्जुश्री पात्रोअनुसार कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश भएको छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व ने स्थानीय रामबहादुर तामाङले बताए।