यी हुन् कैलालीका १२ पालिकाका लागि एकीकृत समाजवादीले सिफारिस गरेका उम्मेदवार
धनगढी : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) कैलालीले आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। जिल्ला कमिटीले १२ पालिकाका प्रमुख र उपप्रमुखका आकाङ्क्षी उम्मेदवारको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको हो।
कैलारी गाउँपालिकाका उम्मेदवारको नाम भने सिफारिस गर्न बाँकी छ। धनगढी उपमहानगरपालिकाको मेयरमा मदन रेग्मी, लोकबहादुर खत्री र लोकेन्द्र बाँनियाको नाम सिफारिस गरिएको छ। उपमेयरका लागि रोजी बस्नेतको नाम सिफारिस भएको छ।
गौरीगंगा नगरपालिकाको मेयरमा खडक बम, बासुदेव गुरागाई, बिरबहादुर मन्नी, डिल्लीराम आचार्य र गीता सोडारीको नाम सिफारिस भएको छ। उपप्रमुखमा रामबहादुर श्रेष्ठ, कमला बोहरा, मदन नेपाली, सरस्वती थारु र राधिका रावतको नाम सिफारिस भएको जिल्ला कमिटीले जनाएको छ। घोडाघोडी नगरपालिकामा खडक रावत, पूर्णराज जोशी र मेघराज साउँद मेयर तथा आशा नेपाली, प्रेमकुमारी थापा, राधा पाण्डे, मीना चौधरी, रुपा चौधरी र स्शिला थापा उपमेयरमा सिफारिस भएका छन्।
गोदावरी नगरपालिकामा रत्ना कडायत, भीम बोगटी, खम्ब बुढा, लक्ष्मण कुँवर, टेक विक र विजय बिक मेयरमा सिफारिस भएका छन् भने सकुन्तला सोबको नाम उपमेयरमा सिफारिस भएको छ।
लम्कीचुहा नगरपालिकामा कर्णप्रसाद जैशी, बखत विष्ट र लोकराज तिमिल्सेना मेयर, विष्णु खनाल, पार्वती बजगाई र दीपकप्रसाद तिमिल्सेना उपमेयर, टीकापुर नगरपालिकामा भीमराज चपाई मेयर र सीता चौधरी उपमेयर, भजनी नगरपालिकामा जगदम्बा भुर्जी र सीता चौधरी मेयर तथा शारदा मल्ल उपमेरमा सिफारिस भएका छन्। बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा दिलबहादुर विक, दमनचन्द सोडरी, हेमराज साउद र गणेशबहादुर सुनारको नाम सिफारिस भएको छ भने उपाध्यक्षमा संजिता श्रेष्ठ र सेतुकुमारी सुवेदीको नाम सिफारिस भएको छ।
यस्तै, चुरे गाउँपालिकाको अध्यक्षमा लोकबहादुर सारु र उपाध्यक्षमा कृष्णा खत्री, मोहन्याल गाउँपालिकाको अध्यक्षमा नन्दबहादुर बस्नेत, भीमबहादुर शाही र निर्मला बस्नेतको नाम सिफारिस भएको छ भने उपाध्यक्ष डम्मरा भाट, उर्मिला कडायत र भुमिनन्द जोशी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा रामकुमार कठरिया तथा उपाध्यक्षमा रविना कठरिया र गंगादेवी मौनी, जानकी गाउँपालिकाको अध्यक्षमा रामप्रसाद चौधरी, मनबहादुर सोडारी र भूपेन्द्र शाह अध्यक्ष तथा चन्दा विकको नाम उपाध्यक्षमा सिफारिस भएको छ।