सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा रेशम चौधरीको पार्टीले पनि चुनाव लड्ने

२०७९ वैशाख ७, १०:२५ खबर संवाददाता

कैलाली: कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा रहेको पार्टी पनि स्थानीय तहको चुनावमा सहभागी हुने भएको छ। नागरिक उन्मुक्ति पार्टीले सबै स्थानीय तहमा एक्लै चुनाव लड्ने भएको हो। 

उक्त पार्टीले कैलालीमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने जनाएको छ। पार्टीले अहिलेसम्म धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्की चुहा, भजनी नगरपालिका तथा कैलारी गाउँपालिका र जानकी गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाइसकेको छ। 

कैलारी गाउँपालिकामा चन्द्र डंगौरा थारु(चाँद), धनगढी उपमहानगरपालिकामा मीनराज चौधरी, टीकापुरमा रामलाल डंगोरा थारु, भजनी नगरपालिकामा केवल चौधरी, लम्की चुहा नगरपालिकामा गणेश उपाध्याय र जानकी गाउँपालिकाको अध्यक्षमा पत्रकार गणेश चौधरीको नाम टुङ्गो लगाएको हो।  अन्य स्थानीय तहमा भने बढी आकांक्षी भएकाले उम्मेदवारको टुङ्गो लागेको छैन।  

कमेन्ट लोड गर्नुस