सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदीमा अछामका दुई बालक बेपत्ता : एकको शव भेटियो, अर्काको खोजी हुँदै 

२०७९ वैशाख ६, ०८:०९ खबर संवाददाता

धनगढी : कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अछामका एक बालकको शव फेला परेको छ। जिल्लाको पन्चदेवल विनायक नगरपालिका-८ का गोपाल जैशीका ६ वर्षीय छोरा अभिषेक जैशीको शव फेला परेको प्रहरीले बताएको छ। 

त्यस्तै, सोही ठाउँका रामप्रसाद जैशीका ११ वर्षीय छोरा विराज जैशी पनि नदीमा बेपत्ता भएका छन्। सोमबार अभिषेक र विराज नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। अभिषेकको शव फेला परिसकेको र विराजको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ।

कमेन्ट लोड गर्नुस