डडेल्धुराको अमरगढीमा मेयरका लागि एमालेबाट ८ जनाको नाम सिफारिस
उपप्रमुखमा ३ जना
डडेल्धुरा : आगामी स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले डडेल्धुराले अमरगढी नगरपालिकाका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। जिल्ला सदरमुकाम रहेको अमरगढीको प्रमुखका लागि ८ जना र उपप्रमुखका लागि ३ जनाको नाम जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरेको हो।
मेयर पदमा हालका मेयर विशेश्वर प्रसाद ओझा(विपीन), जिल्ला अध्यक्ष प्रकाश साउद, प्रदेश कमिटी सदस्य यज्ञराज अवस्थी, प्रदेश सदस्य तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य करन ताम्राकारको नाम सिफारिस गरेको छ। यस्तै जिल्लाका उपसचिव अञ्जु गैरे, ज्ञानेन्द्र जोशी, भीम रोकाया र जीत ताम्राकारको नाम सिफारिस भएको छ।
यस्तै उपप्रमुखमा जिल्ला कमिटी सदस्य इन्दिरा ताम्राकार, जिल्ला कमिटी सदस्य कलावती कठायत र अनेमा संघकी जिल्ला सचिव कुमारी फुल चौधरीको नाम जिल्ला कमिटीको बैठकले प्रदेश कमिटीलाई सिफारिस गरेको नेकपा एमाले डडेल्धुराले जनाएको छ। गत निर्वाचनमा अमरगढीमा नेकपा एमालेबाटै नगरप्रमुख र उपप्रमुख विजयी भएका थिए।