सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भुत भगाउने भन्दै एकल महिलाको हत्या गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा दायर

२०७९ वैशाख ५, १०:४० खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा भुत भगाउने भन्दै एकल महिलाको हत्या गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा दायर भएको छ। गत विहीवारबाट बन्धक बनाइ विभिन्न यातना दिएर महिलाको हत्या गरेको आरोपमा २ धामीसहित ७ जना विरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका मुद्धा दायर भएको हो।

बेदकोट नगरपालिका–६ मुसेपानीकी ४३ वर्षीया एकल महिला रन्जुला साउदलाई कुटपिट गरी हत्या गरेको भन्दै भीमदत्त नगरका धामीझाँक्री धर्मानन्द भट्ट, नारायण भट्ट, कमला साउद, जानकी घटाल, गौरी साउद, कुवेर साउद र चक्र साउदविरुद्ध किटानी जाहेरी दिइएको कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले बताए। पीडित पक्षले कर्तव्य ज्यान अन्र्तरगत धामीझाँक्रीसहित सात जनाका नामका किटानी जाहेरी दिएको उनले बताए। उनीहरुलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालिसकेको छ। 

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तरगत दैनिक ज्यालादारीमा वडामा काम गर्दै आएकी रन्जुलाको मृत्यु वैशाख १ गत विहीवार नै भएको बताइएको छ। उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। शव कुहिएकाले विज्ञबाट मात्रै परीक्षण गर्नुपर्ने भन्दै महाकाली प्रादेशिक अस्पतालले सेती प्रादेशिक अस्पताल कैलालीबाट विज्ञ माग गरेको छ। 

रन्जुला नाताले जेठानी पर्ने कमला साउदको घरमा उपचारका लागि गएकी थिइन्। कमलाको घरमा धामी आएकाले चैत २७ गते उनी त्यहाँ पुगेकी थिइन्।  त्यसपछि पुनः सोही घरमा गएकी रञ्जुलाको वैशाख १ गते २ बजे दिउँसाे मृत्यु भएको थियो। तर घटना लुकाउन धामीहरुले वैशाख ३ गतेसम्म फुकफाक गरिरहेका थिए। धामीझाँक्रीको समूहले रञ्चुलालाई आगोमा तताएको फलामे रडले हान्ने गरेको उनका आफन्तले बताएका छन्।

कमेन्ट लोड गर्नुस