सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भीमदत्तमा एकीकृत कृषि बजार निर्माण गरिँदै

२०७९ वैशाख ५, ०८:५४ खबर संवाददाता

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले एकीकृत कृषि बजार निर्माण गर्दैछ। नगरपालिकाले कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरसँगको सहयोगमाकृषि उपजको बजारीकरणका लागि आवश्यक संरचना निर्माण गरिरहेको हो।

नगरपालिकाका इन्जिनियर जयराज भट्टले बजारका लागि १५० सटर निर्माणाधीन अवस्थामा रहेको बताए। उनका अनुसार एक सय सटर कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरसँगको सहकार्यमा र अन्य सटर पालिकाको आफ्नै श्रोतबाट निर्माण भइरहेका छन्।

भीमदत्त-४ मा रहेको खुल्ला मञ्च नजिकै निर्माण भइरहेको कृषि बजारको संरचना निर्माणका लागि दुई वटा योजनाको छुट्टाछुट्टै ठेक्का सम्झौता गरिएको छ। ५० सटरका लागि एमडी कष्ट्रसनसँग एक करोड ५० लाखमा ठेक्का सम्झौता गरिएको छ भने एक सय सटरका लागि एमके/नीरज जे.भी. सँग तीन करोड ९६ लाखमा निर्माण सम्झौता गरिएको छ।

दुवै योजनाको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको इन्जिनियर भट्टले बताए। योजनाको काम २०८० जेठमा सक्ने लक्ष्य लिइएको छ। 


 

कमेन्ट लोड गर्नुस