सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको बुडरमा जिप र मिनिट्रक ठोक्किदाँ ७ जना घाइते

२०७९ वैशाख २, ०६:५६ खबर संवाददाता

धनगढी : डोटीको बुडरमा जिप र मिनिट्रक ठोक्किदाँ ७ जना घाइते भएका छन्। बुडर नजिक कालोवन मोडमा अछामबाट धनगढी तर्फ आइरहेको सुपप्र ०१ ००१ च २९७१ नम्बर जिप र विपरित दिशाबाट आइरहेको सुपप्र ०१ ००१ ख ३३८३ नम्बरको मिनिट्रक दुर्घटनामा परेका हुन्। 

जिपमा सवार ७ जना सामान्य घाइते भएको र उनीहरुको उपचारका लागि धनगढी पठाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस