सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटनमा एमालेबाट मेयरमा भण्डारी, उपमेयरमा भट्ट उम्मेद्वार

२०७९ वैशाख २, ०२:३६ खबर संवाददाता

बैतडीः बैतडीमा नेकपा (एमाले) ले पालिकाका प्रमुख तथा उपप्रमुखहरुको उम्मेदवारी धमाधम टुंग्याउन थालेको छ। एमालेले दशरथचन्द नगरपालिका, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकापछि पाटन नगरपालिकाको प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ। 

एमालेले पाटनमा नयाँ अनुहारलाई मैदानमा उर्ताने निर्णय गरेको छ। पाटनमा नगर कमिटीको बैठकले यस्तो निर्णय गरेको हो। मेयरमा पाँच जना आकांक्षी देखिएपनि अहिले सर्बसम्मत उम्मेद्वारको टुंगो लगाएको एमाले बैतडीले जनाएको छ। 

एमालेले  पाटनमा नारायण भण्डारीलाई  मेयर र  हरिना भट्टलाई  उपमेयरको उम्मेद्वार बनाउने निर्णय गरेको छ। उनीहरु दुवैजना  एमाले  निकट शिक्षक संगठनमा आवद्ध रहेका बताइएको छ। 

कमेन्ट लोड गर्नुस