सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका दासको हत्या आरोपमा पक्राउ परेका ४ जनालाई धनगढी ल्याइदै

२०७९ वैशाख २, ०१:२५ खबर संवाददाता

धनगढीः कैलालीका अर्जुन दासको हत्या प्रकरणमा पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा भएको छ। महानगरीय अपराध महाशाखाको टोलीले वैशाख-१ मा जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा पक्राउ गरिएका चार जनालाई कैलालीको धनगढी पठाएको हो। 

पक्राउ परेका जानकी–९ घर भएका १९ वर्षका मनोज भण्डारी, सोही ठाउँका १९ वर्षीय सुमित साउद, बम बहादुर बोहोरा उर्फ बमे र रोन परियार उर्फ दिलिप दासलाई आज (शुक्रबार) काठमाडौंबाट धनगढी पठाइएको महाशाखाले जनाएको छ। प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए। काम खोज्न नेपाल भारत सीमामा आएका उनीहरूलाई प्रहरीले बोर्डरबाट बिहीबार (हिजो) पक्राउ गरेको हो। 

घटनाको झन्डै चार महिनापछि प्रहरीले उनीहरूलाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो। गत पुसमा जानकी गाउँपालिका-९ स्थित अमरावती सामुदायिक वनभित्र सोही ठाउँका २५ वर्षीय अर्जुन दास मृत फेला परेका थिए।


 

कमेन्ट लोड गर्नुस