अछाम माओवादीका सह–इन्चार्ज एमालेमा प्रवेश
२०७९ वैशाख १, ०४:१७
अछाम: नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा अछामका सह–इन्चार्ज लोकबहादुर साउद नेकपा एमालेमा प्रवेश गरेका छन्।
बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष समेत रहेका उनलाई अछाम जिल्ला ईन्चार्ज झपटबहादुर बोहराले पार्टी प्रवेश गराएका छन्। बिहीवार बान्नीगढी जयगढ गाउँपालिकामा भएको कार्यक्रममा उपाध्यक्ष साउदसहित नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।
कमेन्ट लोड गर्नुस