बाजुराको हिमालीमा अध्यक्षका लागि २ मल्ल फेरि भिड्ने
बाजुरा: गत स्थानीय तहको निर्वाचनमा बाजुराको हिमाली गाउँपालिकामा चुनावी प्रतिस्पर्धा गरेका २ जना उम्मेदवार फेरि लड्ने भएका छन्। २०७४ सालको चुनावमा नेकपा एमालेका उम्मेदवार अजय मल्ललाई नेपाली काँग्रेसका उम्मेदवार गाविन्द्र मल्लले हराएका थिए।
एमालेबाट अजय मल्ल र नेपाली काँग्रेसबाट गोबिन्द्रबहादुर मल्ल फेरि अध्यक्ष पदको उम्मेदवारका लागि सिफारिस भएका छन्। फेरि ५ वर्षपछि उनीहरुबीचकाे टक्कर रोचक हुने स्थानीय बताउँछन्। २०७४ मा विजयी भएका गोबिन्द्र मल्लले १७ सय ७६ र अजय मल्लले १४ सय ७६ मत ल्याएका थिए। अजय मल्ल नेकपा एमाले प्रदेश कमिटी सदस्य हुन्। गोबिन्द्र मल्ल काँग्रेस महाधिवेशन प्रतिनिधि हुन्।