दार्चुलाको दुहुँमा कार्की र बडालबीच फेरि टक्कर हुने
दार्चुला: दार्चुलाको दुहुँ गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा नेपाली काँग्रेसको तर्फबाट पुलेन्द्रबहादुर कार्कीलाई सर्वसम्मत रुपमा चयन गरिएको छ। गत स्थानीय तहको निर्वाचनमा काँग्रेसकोतर्फबाट गाउँपालिका अध्यक्षको जिम्मेवारी पाएकाकार्की पुनः अध्यक्ष पदका लागि सर्वसम्मत चयन भएको नेपाली काँग्रेस दुहुँ गाउँकार्यसमितिले जनाएको छ।
नेपाली कांग्रेश दार्चुलाका सचिव समेत रहेका नेता कार्की गाउँपालिका अध्यक्षको उम्मेदवार बनेसँगै चुनावी प्रचारप्रसार तथा भेटघाट थालिएको नेताहरुले बताएका छन्।
यस्तै सोही पदमा एमालेबाट नरेन्द्रसिंह बडाल यसअघि नै सर्वसम्मत रुपमा सिफारिस भइसकेका छन्। २०७४ सालको स्थानीय तहमा पराजित नेता नरेन्द्र बडाललाई नै अध्यक्ष पदका लागि उम्मेदवार बनाउन एमाले दुहुँ गाउँपालिका कमिटीले सर्वसम्मतरुपमा जिल्ला कमिटीलाई सिफारिस गरेको हो।
आसन्न स्थानीय तह निर्वाचनमा दुहुँ गाउँपालिकामा फेरि पुलेन्द्र कार्की र नरेन्द्र बडालबिच प्रतिस्पर्धा हुने भएको छ। कार्की र बडाल दुवजना शिक्षण पेशाबाट राजनीतिमा प्रवेश गरेका हुन्।