सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रोएसियाद्धारा २४ रुसी कूटनीतिज्ञ तथा कर्मचारीलाई देश छाड्न आदेश

२०७८ चैत्र २८, ०८:५२ रासस

जाग्रेब: क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कूटनीतिज्ञ तथा कर्मचारीहरूलाई तत्काल देश छाड्न आदेश दिएको छ। रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरूले त्यसको विरोध गरिरहेका बेला क्रोएसियाले आफ्नो देशमा रहेका रुसी अधिकारीहरूलाई देश छाड्न आदेश दिएको हो। 

युरोपेली, अमेरिकी लगायतका धेरै देशले आफ्नो मुलुक भित्र रहेका रुसी अधिकारीहरूलाई देश निकाला गर्दै आएका छन्। रुसी अधिकारीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मर्यादा विपरितका क्रियाकलाप गरेकाले उनीहरूलाई देश निकाला गर्नु परेको ती देशका अधिकारीहरूले जनाएका छन्। 

क्रोएसियाले देश छाड्न आदेश दिएका २४ रुसी अधिकारीहरू मध्ये १८ जना रुसी कूटनीतिज्ञ रहेका छन् भने बाँकी छ जना कर्मचारी रहेका छन्। युक्रेनमाथि युद्ध अपराध नगर्न आग्रह गर्दै आएकोमा रुसले आफूलाई नसुधारेको क्रोएसियाका अधिकारीहरूको भनाई छ । 

रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गरिरहेको छ भने आक्रमणका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । साथै विश्व अर्थतन्त्र र राजनीतिमा समेत यसले नकारात्मक असर परेको छ । 

कमेन्ट लोड गर्नुस