सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोधारा चाँदनीको मेयरमा कांग्रेसबाट ८ जना आकांक्षी

२०७८ चैत्र २८, ०३:५९ खबर संवाददाता

धनगढीः आगामी स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा कांग्रेसले चुनावी दौडधुप बढाएको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा आठजना आकांक्षी देखिएका छन्। त्यस्तै उपमेयरमा तीन जनाको उमेद्वारी रहेको छ। 

मेयरमा गोपालदत्त भट्ट, नाफुसिंह साउद, जङ्गबहादुर चन्द, डम्बरबहादुर चन्द, मदनलाल सुनार, बेलबहादुर राना ,महेन्द्रसिंह बिष्ट र चन्द्रसिंह बिष्ट आकांक्षी छन्। त्यस्तै उपमेयरमा कांग्रेसबाट मथुरा भट्ट पन्त, गङ्गा जोशी र केशरी देवी सुनारको दावेदारी छ।

कमेन्ट लोड गर्नुस