सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय पाठ्यक्रम बनाउदै बैतडीको सिगास गाउँपालिका

२०७८ चैत्र २८, ०८:५४ खबर संवाददाता

बैतडीः बैतडी जिल्लाको सिगास गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउने काम सुरु गरेको छ। गाउँपालिकाको शिक्षा शाखाले शैक्षिक सत्र २०७९ भित्रै पाठ्यक्रम बनाएर लागू गर्ने गरी काम सुरु गरेको हो। 

नेपालको संविधानले स्थानीय पालिकालाई आधारभुत तहको पाठ्यक्रम बनाएर आवश्यकताअनुसार लागू गर्ने अधिकार दिएको छ। सोही अनुसार सिगासमा पनि पाठ्यक्रम बनाउँन सुरु गरेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश प्रसाद भट्टले बताए। 

विगत २ महिनादेखि गाउँपालिकाले पाठ्यक्रमको मस्यौदा निर्माण समिति बनाएर काम गरिरहेको छ। समितिको संयोजकमा सिगास गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश प्रसाद भट्ट रहेका छन्। 

उनको संयोजकत्वमा गठित समितिमा  १ जना विज्ञसहित विभिन्न विद्यालयका १७ जना शिक्षकको टिमले स्थानीय पाठ्यक्रम निर्माण कार्य सुरु गरेको छ। समितिले कक्षा ८ सम्मको पाठ्यक्रम बनाएर लागू गर्ने योजना बनाएको छ। 
 

कमेन्ट लोड गर्नुस