सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हँसिया प्रहार गरी श्रीमानको हत्या, छिनालिएको टाउको ल्याएर प्रहरीसमक्ष आत्मसर्मपण

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र २८, ०८:०१ खबर संवाददाता

धनगढीः कैलालीमा हँसिया प्रहार गरी श्रीमानमा हत्या गरिएको छ। जिल्लाको मोहन्याल गाउँपालिका–१ मा हँसिया प्रहार गरी श्रीमानको हत्या गरिएको हो। ३२ वर्षीया चुमा थापामगरले आफ्ना श्रीमान ४३ वर्षीय नारायण थापामगरको हँसिया प्रहार गरी हत्या गरेकी हुन्।

आइतबार राति १२  बजेको समयमा दुई जनाबीच(श्रीमान/श्रीमती) विवाद हुँदा चुमाले हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। श्रीमानको हत्या गरेकी चुमा आफै प्रहरी कार्यालय पुगेकी छन्। 

उनले श्रीमानको हत्या गरेको स्वीकार्दै इलाका प्रहरी कार्यलय पण्डौनमा मृतकको टाउको बुझाएकाे कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। ‘हत्या गरी टाउको बोरामा हालेर इलाका प्रहरी कार्यालय, पण्डौनमा बुझाएकी हुन्’ उनले भने।

अहिले थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ जाँदैछ। चुमा र नारायणबीच लामो समयदेखि विवाद रहेको बुझिएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस