सुदूरपश्चिम प्रदेशका कानुन मन्त्रीद्वारा पदाभार ग्रहण
धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले पदाभार ग्रहण गरेका छन्। आजै मन्त्रीमा नियुक्त भएका रावलले प्रदेश प्रमुखबाट शपथ लिइ ९ बजे पदाभार ग्रहण गरेका हुन्।
मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका रावलसहित गोबिन्द बोहरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्य मन्त्रीमा नियुक्त गरेका थिए।
केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा काँग्रेसलाई पनि सहभागी गराइएको हो।