पद्मा अस्पताल तोडफोड गर्नेलाई कानुनी दायरामा ल्याउन माग
धनगढी: कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा तोडफोड भएको घटनाप्रति एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसनले ध्यानाकर्षण गराएको छ। तोडफोडको घटनामा संलग्नलाई कारर्बाहीको माग राख्दै एशोसियशनले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाइएको हो।
घटनाका विषयमा संवेदनशिल भएर कडाइका साथ अगाडि बढ्न र घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको एशोसियशनका प्रदेश अध्यक्ष जनकराज जोशीले बताए।
ज्ञापन पत्रमा भनिएको छ, ‘देशमा स्वास्थ्य सम्बन्धी नियम कानून स्पष्ट लेखिएको छ तर बिडम्बना यसको कार्यान्वयन पक्ष फितलो भएको अनुभव हामीलाई भइरहेको छ। आफ्नो स्वास्थ्यकर्मीहरु माथिको दुव्र्यवहार, अराजक तत्वहरुलाई संरक्षण दिने, सुरक्षाकर्मीहरुलाई अधिकार नदिइ संकोचित पारिने आर्थिक लेनदेन गराई समस्याहरुलाई ट्ंगो लगाउन हामीलाई बाध्य पारिने गरेको छ।’
गत शनिबार गोदावरी नगरपालिका–३ का विनोदकुमार बोहराको अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित भएका मृतकका आफ्न्तले अस्पतालमा तोडफोड गरेका थिए।