बैतडीको पाटनमा बन्ने भयो भ्यू टावर
२०७८ चैत्र २४, ०३:१५
धनगढीः बैतडीको पाटनमा भ्यूटावर बन्ने भएको छ। शहरी विकास मन्त्रालयले त्यहाँ भ्यू टावर निर्माणका लागि ठेक्का लगाएको छ। श्री राम निर्माण सेवाले २३ लाख ६५ हजार रुपैयाँमा पार्कसँगै भ्यूटावर निर्माणको ठेक्का पाएको हो। त्यस क्षेत्रमा हिरापुर डाँडाबाघ पार्क र भ्यूटावर निर्माण गरिने मन्त्रालयले जानकारी दिएको छ।
योसँगै पाटन मलोदा-विनोदा सडक निर्माणको ठेक्का समेत पाएको छ। १३ लाख ६९ हजार रुपैयाँ बकोल गरेपछि यो ठेक्का दिइएको उल्लेख छ।
कमेन्ट लोड गर्नुस