धनगढीमा आज माओवादी सुदूरपश्चिमको बैठक
धनगढी-नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बिहीबार धनगढीमा बस्ने भएको छ।
पार्टीको बैठकमा स्थानीय चुनावमा माओवादी केन्द्रले गठबन्धनमा आवद्ध दलसँग कुन कुन स्थानीय तहमा उम्मेदवारी दाबी गर्ने भनेर छलफल हुने सचिवालय सदस्य उद्धब भट्टराईले दिनेश खबरलाई बताए। " आज प्रदेश कमिटीको बैठक बस्दै छ, हामीले स्थानीय तहमा कहाँ कहाँ प्रमुखमा दाबी गर्ने कहाँ उपप्रमुख र वडा अध्यक्षमा दाबी गर्ने भनेर छलफल गर्दैछौँ, उनले भने, "पार्टी प्रवेश तथा आन्तरिक रुपमा सबै पालिकाबाट उम्मेदवार हुने साथीहरूका विषयमा पनि पार्टीमा छलफल हुने तय भएको छ।"
पाँच दलिय गठबन्धन मध्ये नेकपा माओवादी केन्द्र सहित नेपाली काँग्रेस र एकीकृत समाजवादीको ८८ वटै स्थानीय तहमा संगठन रहेको छ। नेकपा माओवादी केन्द्रले सम्मानजनक हैसियत हुनुपर्ने दाबी गर्दै आएको छ। आन्तरिक छलफल र उम्मेदवारहरूको आन्तरिक छनोट पछि संख्याबारे भन्न सकिने नेता भट्टराई दिनेशखबरलाई बताए