डोटीमा चितुवा मृत फेला
डोटीमा चितुवा मृत फेला परेको छ। डोटीको दिपायल सिलगढी नगरपालीका वडा नम्बर ८ लडागडा टिमुरदहमा शनिबार विहान चितुवा मृत अवस्थामा फेला परेको हो। जिल्ला वन डिभिजन कार्यालय डोटीका अनुसार स्थानीयले विहान ४ बजे थाहापाएपछि प्रहरीलाई खवर गर्दा प्रहरी र वनका कर्मचारीको टोली विहान ७ बजे मात्र घटनास्थल पुगेको थियो। चितुवाको पोस्टमार्टम गर्दा शिकारीले चलाएको बन्दुक लागेर चितुवा मरेको प्रमाणित भएको जिल्ला वन डिभिजन कार्यालयका प्रमुख रामविचारी ठाकुरले बताए। घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला वन डिभिजन कार्यालय डोटीले जनाएको छ।