सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट काठमाडौं उडेको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण

२०७८ चैत्र २३, ०१:१४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट काठमाडौंका लागि जहाज अचानक नेपालगञ्जमा अवतरण गरिएको छ। बुधबार बुद्ध एयरको जहाज अचानक नेपालगञ्जमा अवतरण गरिएको हो। 

उडान नं २५२ को जहाजमा एकजना यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्जमा जहाज अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरेर यात्रुको चेकजाँच गरिएको बताइएको छ। यस्तै विरामी यात्रुले ठिक छ भनेपछि आफन्तका साथ बाहिर निस्किएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस