सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा अभियुक्त फेला

२०७८ चैत्र २२, ०२:३६ खबर संवाददाता

काठमाडौं : बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका बुटवल–११ का ४० वर्षीय रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका छन्। तामाको तार चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका उनी हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा घाइते फेला परेका हुन्। 

लुम्बिनी प्रादेशिक अस्पतालका सफाइ कर्मचारीसमेत रहेका उनको सोही अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको र शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको छ।

अनुसन्धानका लागि हिरासतमा राखिएका उनले आत्मग्लानीका कारण धारिलो हतियारले घाँटी रेटेर आत्महत्या गर्न खोजेको हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख नायब उपरीक्षक ठगबहादुर केसीले जनाए। तर, उनी आफैंले केही वस्तु लगे वा हिरासतका उपकरण प्रयोग गरेर घाँटीमा रेट्न खोजेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

नेपालीका आफन्तले भने हिरासतभित्रै घाँटी रेटिनु गम्भीर भएको भन्दै घटनाको छानबिन हुनुपर्ने माग गरेका छन्।


 

कमेन्ट लोड गर्नुस