विवेकशील साझाका बझाङ संयोजकले गरे पार्टी परित्याग
बझाङ: विवेकशील साझा पार्टीका नेता तथा जिल्ला संयोजक नगेन्द्रबहादुर खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। विवेकशील साझा पार्टी बझाङ जिल्ला संयोजक रहेका खड्का शनिबार विवेकशील साझा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्।
नेपाली काँग्रेसमा प्रवेश भएका खड्कालाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व परराष्ट्र राज्यमन्त्री अर्जुनजंङ्गबहादुर सिंहले अविर र खादा लगाएर स्वागत गरेका छन्। खड्काले पार्टीमा किचलो भएर अगाडी बढ्ने बतावरण नभएपछी आफुले पार्टी परित्याग गरेको बताएका छन्।
उनले भने, ‘विवेकशील साँझा पार्टी भित्रै आन्तरिक किचलो बढ्न थाल्यो। पार्टी फस्टाउन सकेन्। जुन उदेश्यले म लागेको थिए। त्यो उदेश्य विपरित पार्टी गयो। उदेश्य पुरा नभएपछी त्यो पार्टीमा बसेर गाउँठाउँको लागी केहि गर्न नसकिने अवस्था भयो। नेपाली काँग्रेस देशको विसाल पार्टी भएकाले उदेश्यहरु पुरा गर्नका लागि नेपाली काँग्रेसमा प्रवेश गरेको हुँ।’ नेपाली काँग्रेसमै बसेर अब गाउँठाउँका जनताका आवाज उठाउने समेत खड्काले बताए।
खड्का केहि वर्ष अगाडी नेपाली काँग्रेसमा आवद्घ रहेका भए पनि २०७६ नेपाली काँग्रेस परित्याग गरी विवेकशील साँझा पार्टीमा प्रवेस गरेका थिए। खड्का साझामा लागेको ४ वर्ष नवित्दै फेरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।