सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी १५ मा राप्रपाबाट वडाध्यक्षमा रानाको उम्मेदवारी घोषणा

२०७८ चैत्र १८, ०४:११ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामसिंह रानाले वडा अध्यक्षको उम्मेद्वार बन्ने घोषणा गरेका छन्। स्थानीय सामुदायिक वन र ग्रामीण विद्युत्त सहकारी संस्थाको अध्यक्ष भइसकेका रानाले २०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदवारी दिने बताएका हुन्।

राप्रपामा क्रियाशील रहेका रानाले वडाको समग्र विकास तथा सुशासन आफ्नो चुनावी एजेण्डा हुने बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस