सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भिरबाट लडेर एकजनाको मृत्यु

२०७८ चैत्र १७, ०९:५५ खबर संवाददाता

बैतडी: बैतडीमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ।

बुधबार सिँचाई कुलो निर्माणका क्रममा दशरथचन्द नगरपालिका– ७ सुर्कालका ५२ वर्षीय लक्ष्मण बडुको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। २५० मिटर तल खसेका बडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस