सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा बलात्कारको झुटो आरोप लगाउने युवतीलाई साढे तीन वर्षको जेल सजाय

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र १६, ०३:१७ खबर संवाददाता

धनगढीः अछाममा बलात्कारको झुटो आरोप लगाउने एक युवतीलाई जेल चलान गरिएको छ। जिल्लाको कमलबजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई साढे तीनवर्षको जेल सजाय तोकिएको हो। 

जिल्ला न्यायाधीस नविनकुमार जोशीको इजलासले सो फैसला गरेको थियो। बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय एक युवकलाई सफाइ दिएर अदालतले युवतीलाई कारागार पठाउने फैसला गरेको हो। अछाम प्रहरीका अनुसार युवकले तत्काल विवाह नगर्ने भनेपछि रिसको आवेगमा युवतीले बलात्कारको उजुरी दिएर फसाउन खोजेकी थिइन्। तर, झुटो आरोप लगाएको पुष्टि भएपछि युवतीलाई अदालतले कैद फैसला गरेको बताइएको छ। 

ती युवतीले युवकले माघ १५ गते राति आफ्नै घरमा बलात्कार गरेको भन्दै माघ १७ गते प्रहरीमा उजुरी दिएकी थिइन्। झुटा मुद्धामा फसाउने प्रयत्न गरेवापत मुलुकी फौजलारी कार्यविधि संहिता २०७४ दफा २१९ अनुसार तीन वर्ष छ महिना कैद हुने ठहर गरेको छ। युवकलाई प्रहरीले कमलबजार नगरपालिका–६ गैरीटाँड बजारबाट माघ १८ गते पक्राउ गरेको थियो।

कमेन्ट लोड गर्नुस