बैतडीको झुलाघाट नाकामा कोरोना परीक्षण जारी
धनगढी : बैतडीको झुलाघाट नाकामा कोरोना भाइरसको संक्रमण परीक्षण जारी नै रहेको छ। जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहे पनि सीमानाका झुलाघाटमा परीक्षण जारी नै रहेको हो।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले नाकाबाट स्वदेश फर्कने नागरिकको परीक्षण भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। नाकामै हेल्थ डेक्स स्थापना गरेर एन्टीजेन विधिबाट परीक्षण भइरहेको छ। नाकामा अहिले दैनिक ३०/४० जनाको कोरोना परीक्षण भइरहेको हेल्थ डेस्क इन्चार्ज सुरज धामीले बताए।