महाकालीको धार परिवर्तन गर्न प्रयोग भएको स्काभेटरको चाबी सशस्त्रले खोस्यो
दार्चुला: दार्चुलामा महाकाली नदीको धार परिवर्तन गर्न प्रयोग भएको स्काभेटरको चाबी सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। भारतीय स्काभेटर नेपालतर्फ आएपछि चाबी खोसेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। नेपालसँग समन्वय नगरी भारतीय स्काभेटर नेपालतर्फ आएपछि चाबी खोसेको उनले बताए।
चाबी खोसिएपछि चालकले ‘डाइरेक्ट स्टार्ट’ उक्त स्काभेटर फिर्ता लगेका छन्। भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण गरिरहेको छ। भारतीय पक्षले नेपालसँग समन्वय नगरेर महाकालीमा जथाभावी रुपमा तटबन्ध निर्माण गरिरहेको हो।