कैलालीका युवक कञ्चनपुरमा मृत फेला
२०७८ चैत्र १३, ०४:५६
धनगढी: कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्। शनिवार जिल्लाको कृष्णपुर नगरपालिका–१ कुम्गडा नजिक अन्दाजी २५ वर्षीय करन खत्री मृत अवस्थामा फेला परेका हुन्।
गोदावरी नगरपालिका–१२ नाइल घर भएका खत्रीले मदिरा सेवन गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बहादुर बोहराले बताए। उनको शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस