सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२०७८ चैत्र १२, ०७:३९ रासस

जलेश्वर: महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डस्थित चाँदनी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–२१ कुर्थाका ४५ वर्षीय उपेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

प्र–२–०२–००३ प ७८७५ नंको मोटरसाइकलमा चढेर जनकपुरबाट जलेश्वर जाँदै गरेको अवस्थामा तीव्रगतिका कारण आफैँ अनियन्त्रित भई जिल्लाको पिपरा गाउँपालिका–५ चाँदनी चोक नजिकै दुर्घटना हुँदा उनको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उपेन्द्रको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस