दार्चुलामा भिरबाट लडेर पुरुषको मृत्यु
दार्चुला: दार्चुलामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। मार्मा गाउँपालिका–३ रिल बसेडीका ५७ वर्षीय मोहन सिंह विस्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
सिँचाइका लागि कुलोमा पानी लगाउन जाने क्रममा भ्याल्ले छहरा भन्ने स्थानमा उनी भिरबाट लडेर घाइते भएका थिए। करिब १५० मिटर तल खसेका उनको उपचारका लागि लग्दै गर्दा मृत्यु भएको दार्चुला प्रहरीले बताएको छ। प्रहरीले उक्त विषयमा थप अनुसन्धान जारी राखेको छ।