धनगढीमा उपचाररत बैतडीकी चन्दलाई आर्थिक सहयोग
धनगढीः कैलालीको धनगढीमा उपचाररत महिलाको उपचारका लागि सहयोग गरिएको छ। दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले बैतडीकी द्रोपती चन्दको उपचारका लागि आर्थिक सहयोग गरेको हो।
विद्यार्थीहरुले सहयोग संकलन गरेर उनको उपचारका लागि २५ हजार २ सय सहयोग गरिएको बताएका छन्। चन्द गत महिना ४ गते खर काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी थिइन्। उनको कम्मर र खुट्टामा चोट लागेको छ। अहिले उनी धनगढीस्थित सेती अस्पतालमा उपचाररत छिन्।