इजाजतपत्र प्राप्त हातहतियार बुझाउन बैतडी प्रशासनको आग्रह
धनगढी : जिल्ला प्रशासन कार्यालय बैतडीले इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ। प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै चैत्र मसान्तभित्र आफूसँग रहेका इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो।
केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार सूचना जारी गर्दै हातहतियार बुझाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। सूचनामा स्थानीय तहको निर्वाचनपछि फिर्ता हुनेगरी चैत्र मसान्तभित्र नजिकको प्रहरी इकाइमा हातहतियार बुझाउन भनिएको छ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर हातहतियार बुझाउन स्थानीय तहले आग्रह गरेको हो ।