सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा भिरबाट लडेर एक किशोरीको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ चैत्र १२, ०९:३१ खबर संवाददाता

धनगढी : बाजुरामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गौमुल गाउँपालिका–६ शान्तिटोलकी १७ वर्षीया पुष्पा चँदाराको भीरबाट लडेर मृत्यु भएको हो।

घरबाट सामान किन्न पसल गएकी पुष्पाको शुक्रबार बेलुकी ७ बजेतिरको समयमा भिरबाट लडेर मृत्यु भएको उनका आफन्त कलक चँदाराले बताए। पसलबाट राति ८ बजेसम्म घर नफर्किएपछि खोजी गर्दा उनी लडेर मृत्यु भएको अवस्थामा फेला परेको बताइएको छ।

कमेन्ट लोड गर्नुस