सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा शालिक पुनःनिर्माणका लागि ३० हजार सहयोग

२०७८ चैत्र १०, ०२:१६ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनःनिर्माण गर्न आर्थिक सहयोग गरिएको छ। एलबि एण्ड एबि बिल्डर्स प्रालि धनगढीका प्रतिनिधि गोदावरी-२ का शेरबहादुर शाही, रबिन्द्र बोहरा र गोदावरी-१० का प्रकाश मल्लले आर्थिक सहयोग गरेका हुन्। 

उनीहरु तीनै जनाले शालिक पुनःनिर्माण समितिलाई दश/दश हजार सहयोग गरेको बताइएको छ। नागरिक समाजको तर्फबाट २०६२/०६३ को आन्दोलन लगत्तै भत्काइएको शालिक पुनः निर्माण गर्न अभियान थालिएको छ।

कमेन्ट लोड गर्नुस